नियम ३९द
स्वेच्छाबाट चक्लाबन्दी गर्ने व्यवस्था
ः (१) चक्लाबन्दी कार्यक्रम संचालन गरीएको क्षेत्रका किसानले आफ्नो स्वेच्छाले चक्लाबन्दी गर्न सक्नेछन् । (२) उपनियम (१) बमोजिम स्वेच्छाले चक्लाबन्दी गर्न अनुमति दिंदा परिषद्को सिफारिशमा नेपाल सरकारले देहाय बमोजिमका सुविधा उपलब्ध गराउन सक्नेछ ः– (क) किसानले स्वेच्छाले जग्गा साटासाट गरी चक्लाबन्दी गराउन चाहेमा सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन, (ख) चक्लाबन्दी कार्यक्रम संचालन हुने क्षेत्रमा मल, वीउ, कृषि औजार आदि सहुलियत दरमा उपलब्ध गराउन, (ग) चक्लाबन्दी सम्बन्धी सेवा तथा सुविधा आवश्यक भएमा त्यस्ता सेवा तथा सुविधा उपलब्ध गराउन ।